विनय कर्ण
राजविराज । तीन दिवसिय विद्यापती स्मृती पर्व अन्तरगतको अन्तिम दिन बिहीबार राजविराजमा भव्य झाँकी प्रदर्शन गरिएको छ ।
मैथिली साहित्य परिषद सप्तरीको आयोजनामा निकालिएको झाँकीमा मिथिलाको परम्परागत तथा मौलिकता झल्काउने सामग्री समावेश सहितको प्रदर्शन गरिएको हो ।
स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट निकालिएको झाँकीमा मिथिलामा लोप हुँन लागेको ढोल, पिपही, काठे हलो, बैलगाडा, घोड सवारी, कोसेली लैजानमा प्रयोग गरिने (सिक पटैक)भरियाले काँधमा भार बोक्ने साधन सामग्री सहित प्रर्दशन गरिएको मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष अवधेश झाले जानकारी दिए ।
झाँकी प्रर्दशन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, निर्माण व्यवसायी संघ, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यार्थी, पत्रकार लगायत सर्वसाधारणले सहभागिता जनाए ।
नगर परिक्रममा पश्चात् झँकी जिल्ला समन्वय समितीको सभाकक्षमा पुगी श्रद्धाञ्जली सभा, सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा परिणत भएको थियो ।
मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित सभामा जिल्ला सम्वय समितिका प्रमुख शिव नाराण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मैथिली साहित्य परिषदका पुर्व अध्यक्षद्वय विष्णु मण्डल, अशोक कुमार झा लगायतले मैथिली भाषा, सहित्य र संस्कृतिको जर्गेनाका लागी आ–आफ्नो सुझाव दिएका थिए ।
यस अघि तीन दिवसीय स्मृति पर्व समारोह अन्तर्गत पहिलो दिन मंगलवार मैथिली युवा परिषदद्वारा रक्तदान र मैथिली विद्यार्थी परिषदद्वारा कवि गोष्ठी तथा दोश्रो दिन बुधवार मैथिली पत्रकार परिषदद्वारा सरकारी कामकाजका भाषा मैथिली किन ? विषयक विचार गोष्ठिको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको