
विनय कर्ण
राजविराज । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले राजविराजमा बिहीबार सप्तरीका पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ ।
बीमा प्रणाली तथा बीमा व्यवसायी लाई व्यवस्थित, नियमित र प्रतिस्पर्धी वनाउने उद्देश्यले पत्रकारहरुको सहभागितामा अन्तरक्रिया गरेको हो ।
बीमा योजना संग ग्रामिण भेग सम्मका सर्वसाधारण लाई जोड्न नेपाल पत्रकार महासंघ संगको सहकार्यमा यस्तो कार्यक्रम गरिएको कार्यालका प्रमुख प्रिती देवले बताईन् ।
उनले थोरै आय भएका व्यक्तीहरुलाई पनि बीमाको दायरा ल्याउनका लागि पत्रकारहरुसंग जिल्ला स्तरमा पहिलो पटक बीमा प्राधिकरणले यस्तो छलफल चलाएको उनले जानकारी दिईन्।
प्राधिकरणले बीमा कम्पनीहरुलाई नियमको भित्र रहेर काम गरे-नगरेको हेर्ने नियामक निकाय भएकोले नियम मिचेर काम गर्ने बीमा कम्पनी र अभिकर्तालाई कारवाही गरिने बताईन् ।
वीमा सबैका लागी अत्यावश्यक रहेको बताउँदै उनले बीमा गर्ने बेलामा कम्पनीको बैद्यता र बीमा एजेन्टको लाइसेन्सका साथै शर्त र सुविधाबारे राम्ररी बुझेर मात्र बीमा गराउन उनले आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले सप्तरीमा आएर यस्तो कार्यक्रम गरेको प्रति बीमा प्राधिकरणलाई धन्यवाद दिए ।