राजविराज । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । यो नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुनेछ ।

शुक्रबार एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत दिपक दाहालले उद्घाटन गरेका छन् । डाक्नेश्वरी नगरपालिका कार्यालयको भवनमा यो कार्यालय स्थापना गरिएको छ ।

उप निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन मुख्य निर्वाचन अधिकृत दाहालले सबैसँग अनुरोध गरे । उनले निष्पक्ष तरिकाले निर्वाचन हुने बताउँदै आचारसंहिताको पालना सबैले गर्नुपर्ने बताए ।

यसैबीच मुख्य निर्वाचन अधिकृत दाहाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी  भोला दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालासहितकाले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मतदान केन्द्रहरूको निरीक्षण र अनुगमन समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले आम नागरिकलाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण तयार गर्न शान्ति सुरक्षामा कुनै पनि कमी नहुने विश्वास दिलाए । उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको जानकारी गराए ।

उनले मतदान केन्द्रहरूको निरीक्षणका क्रममा सुरक्षाका सबै उपायहरू लागू गरिने र कुनै पनि त्रुटी हुन नदिने बताउँदै निर्धक्क रूपमा आफ्ना मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चितता स्थानीय प्रशासनले गरेको जानकारी गराए ।

निर्वाचनको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य र निगरानी आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
7
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको