लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर-२ स्थित नेङ्गडामा थारू कल्याणकारी सभा जिल्ला कार्यसमिति सप्तरीले जिल्ला स्तरीय समाचकेवा महोत्सव मनाएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थारू समुदायको कलासंस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदैँ समाचकेवा पर्व भाइ विहनीको प्रेमको प्रतिकको पर्व रहेको बताए । ” मुख्यमन्त्री सिंहले सप्तरी जिल्लामा थारू संस्कृति कलाप्रर्दशनी म्युजियम स्थापना गर्ने घोषणा गरे ।”

आयोजक थारू कल्याणकारी सभा सप्तरीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पाग लगाए सम्मान गरेका थिए ।

सो कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट आएका थारू समुदायका महिलाहरूले डालीमा सज्जाइएर ल्याएका माटोले बनाएका समाचकेवा तथा थारू कलासंस्कृति समेत प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य अनिरूद्व सिंह यादव, बोदे बरसाईनका नगरप्रमुख आतेश कुमार सिंह यादव, सुरूङ्गा नगरपालिका नगरप्रमुख गिता चाैधरी, बलान बिहुलका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिका नगरप्रमुख रामलखन मलाह लगायतको सहभागिता रहेको थियो ।

समाचकेवा महोत्सव थारू कल्याणकारी सभा सप्तरीका सभापति भुपेन्द्र कुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई स्वागत मन्तव्य जिल्ला कार्यसमिति उपसभापति रामप्रसाद चाैधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको