राजविराज । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सप्तरीमा उम्मेदवारी दर्ता सुरु भएको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

पातो स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता शुरु भएको हो । वडा नम्बर १ को अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी नेपालको उम्मेदवारी परेको छ । जसपाले वडा अध्यक्षमा धिरेन्द्र साहलाई उम्मेदवार बनाएको छ । साहका वारेस राजेश्वर रायले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि मात्र जसपामा प्रवेश गरेका थिए ।

यसैगरी ल‍ोसपा, नेपाली काँग्रेस, नेकपा एमाले, जनमत, जसपासहितका अन्य दल र अरु वडाका लागि उम्मेदवारी दर्ता गराउने आउने क्रम पनि सुरु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको