राजविराज । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले १ हजार ७ सय १७ किलो गाँजा बरामद गरेको हो ।

बालुवा र गिट्टीले छोपेर टिपरमा नेपाल बाट भारततर्फ लग्दै गर्दा गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले यस बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार बिहान ११ बजे पत्रकार सम्मेलनका आयोजना गरिदैंछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको