राजविराज । सप्तरीबाट प्रहरीले १७ क्वीन्टल १७ किलो लागूऔषध गाँजा बरामद गरेको छ । भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले गाँजासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुट्टाको शहीदभूमी गाउँपालिका वडा नम्बर ३ बस्ने यमजित राई छन् । ३५ बर्षिय उनले को.१ख ६५०३ नम्बरको टिपरमा गाँजा राखेर बालिुवाले छोपेर भारततर्फ गइरहँदा सप्तरीकै राजगढ गाउँपालिका वडा नम्बर ४ स्थित बेल्ही चपेनाबाट उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
टिपरमा बालुवा र ढुँगा राखी बीचमा गाँजा हालेर गइरहँदा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले नियन्त्रणमा लिएको हो । टिपरबाट ५६ वटा बोरामा गाँजा बरामद भएको एसपी खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको