राजविराज । सप्तरीका सबै मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
दुवै वडामा गत स्थानीय तहको निर्वाचनमा विजयी वडा अध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको छ ।
सप्तरी प्रहरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार डाक्नेश्वरी नगरपालिका–१ मा एक मतदान स्थलमा ३ मतदान केन्द्र र वडा नम्बर ४ मा १ मतदान स्थलमा २ मतदान केन्द्र कायम गरिएको छ । यी दुवै मतदान स्थल सुरक्षाका दृष्टिकोणले विगतदेखि नै अति संवेदनशील सूचीमा रहेका छन् ।
उपनिर्वाचनलाई ध्यानमा राख्दै सुरुक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । डाक्नेश्वरी नगरपालिका क्षेत्रमा प्रहरीको पैदल गस्ती, चेकजाँच तीव्र पारिएको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिइसकेका छन् ।
स्थानीय तहको उपनिर्वाचन भइरहेका दुवै वडामा ८÷८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost