राजविराज । सप्तरी प्रहरीले साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने २६ वर्षिय समसुद्दीन आलमलाई ठगी, आपराधिक विश्वासघात, र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पुस २२ गते साँझ ७ बजे आलम र सहचालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षिय अमिर श्रेष्ठसहित बोइलर कुखुरा ल्याउन वीरगन्जबाट राजविराज आउँदै थिए ।
सोही क्रममा रुपनी गाउँपालिका वडा नम्बर १ स्थित राजविराज–रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारीले गाडी रोकेर गाडीको साँचो सहित ३ लाख ८० हजार लुटेर लगेको घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
अनुसन्धान गर्दै जाँदा बोल्न र सुन्न नसक्ने बोलेरोका सहचालक श्रेष्ठले इसारामार्फत आलमले पैसा आफ्नो घरमा लुकाएको संकेत गरेपछि प्रहरी वीरगन्जस्थित आलमको घरबाट ३ लाख ८० हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनले आलमले साहुबाट कुखुरा खरिदका लागि दिएको रकमका लागि लुटपाटको नाटक गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको