विनय कर्ण
राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले ६७० किलो गाँजा नियन्त्रणमा लिने चार जना प्रहरी अधिकारीलाई आईतवार पुरस्कृत गरेको छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले शनिवार राति बलान बिहुल गाउँपालिका १ स्थित परालले छोपिएर राखेको ६७० किलो लागुऔषध गाँजा नियंत्रणमा लिने प्रहरी अधिकारीहरुलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेहरुमा प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त कुमार तामाङ, प्रहरी बरिष्ठ हवलदार राजकुमार महतो, प्रहरी जवान अर्जुनकुमार साह र मुकेश राय छन् ।
प्रहरी उपरीक्षक खतिवडाले आज विहान पत्रकार सम्मेलन गरि विशेष सुराकीले दिएको सूचनाको आधारमा वेवारिसे अवस्थामा रहेको ६७० किलो गाँजा नियंत्रणमा लिएको बताए ।
उनले प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक तामाङको नेतृत्वमा टोलीले बलान बिहुल १, बलानपट्टी कमलदाहा स्थित खेतमा परालको थुप्रोमा लुकाई राखेको गाजाँ नियंत्रणमा लिने प्रहरी अधिकारीहरुको मनोबल उच्च बनाउन पुरस्कृत गरिएको जानकारी दिए ।
नियंत्रणमा लिइएको गाँजाबारे थप कानुनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको