राजविराज । प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गरी शनिबार ६७० किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको जानकारी दिए ।
बरामत गरेको लागूऔषध गँजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले लागूऔषध नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको बताए । लागूऔषध गाँजा तस्कर गिरोह सक्रिय रहेको सूचनाको आधारमा शंकास्पद स्थानहरुमा प्रहरी सक्रियता बढाईएको बताए ।
प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ नेतृत्वमा प्रहरीको टोली खोजतलास गर्दा बालनपट्टी ( कमलदाहा) स्थित खेतमा रहेको परालको थुप्रोमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा नियन्त्रणमा लिएको एसपी ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको