
मोरङ । मोरङको उर्लाबारीमा एकजना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।
‘प्रेमिकाले धोका दिएको’ भन्दै झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएका हुन् ।
आइतबार बिहान थापाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको मोरङ प्रहरीले जनाएको छ । उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको बताइएको छ ।
उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी छन्।
आगोले जलेर थापा घाइते भएका छन् । घाइते थापाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटना बारेमा अनुसन्धान थालेको छ ।