काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेको बताएका छन्।
काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।
उनले बैङ्किङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए ।
उनले वर्तमान समयमा बैङ्किङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाए ।
पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको