जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन्।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले सो कुरा बताएका हुन् ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गरे ।
नेता निधिले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए ।
नेता निधिले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानुन निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए।
संविधान संशोधन र कानुन निर्माण पनि उत्तिकै आवश्यक रहेको नेता निधिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको