
महोत्तरी । महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ ।
विवाह भएको दुई महिनामै गौशाला नगरपालिका-८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो ।
उनको हत्या पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन् । मृतक युवतीका पति हाल फरार छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान थालेको छ ।