
राजविराज । राजविराज नगरपालिकाभित्र संचालनमा रहेका व्यवसायीक सिटी तथा अटोरिक्सालाई अनिवार्य रुपमा दर्ता गर्नुपर्ने भएको छ ।
संचालनमा रहेका व्यवसायीक सिटी अटोरिक्साहरु नगरपालिकाले तोकिएको प्रकृया र ढाँचा पु¥याई २०८१ फागुन २० गतेसम्म अनिवार्य रुपमा दर्ता गर्नुपर्ने निर्णय गरेको छ ।
उक्त अवधीमा दर्ता नगरिए संचालनमा रोक लगाउने निर्णय बिहीबार बसेको बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालको अध्यक्षतामा बसेको बैठकमा राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परबिन, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख कामेश्वर रोहिता, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामबालक राय, सिटी अटो संघका केदार देव, अखिल नेपाल यातायात संघका बिजेन्द्र प्रसाद देव, अखिल नेपाल ट्रेड यूनियन महासंघका रामचन्द्र यादवसहितको उपस्थिति रहेको थियो ।