कैलाली । कैलाली कारागारबाट भागेका देव सिंह ठकुरी १२ वर्षपछि पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका ७ बस्ने देव १२ वर्षपछि भारतबाट पक्राउ परेका हुन्।
१२ वर्षदेखि फरार रहेका सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। सिंहलाई १२ वर्षअघि अदालतले ८ वर्षको कैद सजाय सुनाएपछि जेलबाट फरार भएका थिए।
ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
नेपाल सरकारविरुद्ध गतिविधि गरेको आरोपमा अदालतले दोषी ठहर गरेका सिंह २०६९ सालमा कैलालीको साबिक गोदावरी गाविसमा घटेको एक घटनामा संलग्न रहेको भन्दै सजाय तोकेको थियो।
सिंहलाई ८ वर्ष कैद सजाय सुनाइएको थियो तर उनी फैसला हुनुअघि नै फरार भएका थिए। १२ वर्षसम्म फरार रहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता कबिन्द्र सिंह बोहराले बताए।
पक्राउ परेका सिंहलाई आवश्यक कानुनी प्रक्रियासहित कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको