
राजविराज । मधेश कृषि विश्वविधालय राजविराजमा विहिवार तालावन्दी गरिएको छ ।
लामो समय देखि तलव भत्ता नपाएको भन्दै कार्यरत उप-प्राध्यापक तथा कर्मचारीहरुले तालावन्दी गरेको हो ।
यसआर्थिक वर्षको भदौ महिना देखि हालसम्म तलब तथा अन्य सुविधा नपाएको सन्दर्भमा २७ माघमा जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत उनीहरु मधेश सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।
माघ ३० सम्म उप-प्राध्यापक तथा कर्मचारीहरुको क्षतिपूर्ति सहित नियमावली अनुसारको पारिश्रमिक नदिए फागुन १ बाट तालावन्दी गरी सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिईएको थियो ।
निर्धारित समयसीमा समाप्त भएकोले पुर्व निर्धारित
कार्यक्रम अनुसार मधेश कृषि विश्वविधालयमा तालावन्दी गरिएको कर्मचारी बिनोद ठाकुरले बताए ।
विश्वविद्यालयमा तालाबन्दी भएसंगै प्रशासनिक, शैक्षिक तथा अनुसन्धानको कार्यहरु ठप्प भएको उनले जानकारी दिए ।