
काठमाडौं । आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ।
प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।
एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अधिकांश पूरानै खेलाडीले स्थान पाएका छन्।
टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् ।
त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।
मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।
फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।