
एजेन्सी । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए।
विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो । अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकोले विमान पल्टिएको जनाइएको छ।