काठमाडौं । नेपाल र भारतबिच पानी, सरसफाइ र फोहोर पानी व्यवस्थापन क्षेत्रमा सहयोग अदालत प्रदानका लागि सम्झौता भएको छ ।
आज भारतको राजधानी नयाँ दिल्लीमा दुई देशबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौतापत्रले दुई देशबिच पानी संरक्षण, सरसफाइ र फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग, अनुभवको आदान प्रदानमा सहयोग पुग्ने विश्वास भारतका जलशक्ति मन्त्री सीआर पाटिलले बताए ।
यो सम्झौताले जल जीवन मिसन र स्वच्छ भारत मिसन जस्ता भारतका अनुभवले पानी र सरसफाइ चुनौतीहरूलाई सम्बोधन गर्न सहयोग पुग्ने उनले बताए ।
सम्झौता पत्रमा भारतको तर्फबाट जल शक्ति मन्त्री पाटिल र नेपालका खानेपानी मन्त्री प्रदीप यादवले हस्ताक्षर गरेका छन् ।
नेपाल–भारत बिचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै यो साझेदारी दुवै देशका नागरिकहरूको जीवनलाई अझ सहज, स्वस्थ र समृद्ध बनाउने विश्वास लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको