
काठमाडौं । नेपाली सेनाको उपरथी पदमा बढुवा भएका कृष्णबहादुर जीसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोक राज सिग्देलले सोमबार जंगी अड्डामा आयोजित समारोहमा जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी जीसी मध्यपूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।
प्रधान सेनापति सिग्देलले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।