राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नं.६ का वडाध्यक्षको कार्यशैलीबाट स्थानियहरु असंतुष्ट भएका छन् ।
वडाध्यक्ष बद्री नारायण सरदारले प्रकृया, पारर्दशीता विपरितका कामहरु गर्दै आएको आरोप लगाउँदै स्थानियहरु असंतुष्ट भएका हुन् ।
स्थानिय समाजसेवी रंजित भगतले मंगलवार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सरदार बढीजसो कार्यालयमा नवस्ने, आएको बखत पनि आसपासको चियापसल तना अन्य ठाउँमा बसेर समय बिताउने गरेको आरोप लगाए ।
एनले वडाध्यक्षकै कारण उनी मार्फत हुने गरेका काममा सेवाग्राहीलाई समस्या हुने गरेको बताए ।
“सिफारिस गराउनु पनि वडाध्यक्षको घरमा धाउनु पर्छ” भगतले भने, वडाध्यक्ष प्राय नियमित कार्यकक्षमा भेटिदैनन ।”
उपभोक्ता समिति गठन गरेपनि वडाध्यक्ष सरदार सोको सूचना नै न निकाली आफ््ना आसेपासे तथा नाताका व्यक्तिहरुलाई राखेर गोप्य तरीकाबाट समिति गठन गर्ने गरेको उनले बताए ।
“विगत २ वर्ष देखि हाल सम्मका वडामा गठित उपभोक्ता समितिको तथ्याँक माग्न निवेदन दिंदा पनि वडाध्यक्षले दिन दिएका छैनन् ।” भगतले भने । सूचना नदिने र लिखित रुपमा माग गर्दा वडा कार्यालयमा कागज छैन, सबै गाउँपालिका छ । त्यहीं गएर लिनुस् भन्ने जवाफ फर्काउँदै आएको सुनाए ।
यस्तै स्थानीय बुदुर चौधरीले पनि वडाध्यक्ष सरदार प्रति असंतुष्टि पोखे । उनले वडा स्थित श्रीलुलसजमाध्यमिक विद्यालय तेरौहतामा भवन निर्माणका लागी आएको ५५ लाख रुपैयाको बजेट टेण्डर र कुनै सुचना न निकाली काम सूरु गरेको बताए । सोको बारेमा निवेदन दिएर सूचना माग गर्दा गाउँपालिका कार्यालय र विद्यालयमा गएर लिनु भने तोक लगाएर फिर्ता पठाइदिएको उनले गुनासो छ ।
स्थानीयवासी रविन्द्र सरदारले राजेन्द्र दासको घर देखी इश्वर भगत र नन्द किशोर भगतको घर देखि गैंड सिह मन्दिर सम्मको आरसिसी ढलान कामका लागि पनि वडाध्यक्षले उपभोक्ता समिति गठन गरी सर्वसाधारणलाई जानकारी सम्म नदिएको सुनाए ।
वडाध्यक्ष सरदारसंग यसबारे बुझ्दा उनले श्रीलुलसज माध्यमिक विद्यालयका लागी आएको रकम विद्यालयकै खातामा रहेको भन्दै त्यस सम्बन्धि कागजात र कुनै अभिलेख वडा कार्यालयमा न रहेको बताए । उपभोक्ता समिति गठन गर्दा पारदर्शी ढंगबाट ठाउँ ठाउँमा सूचना टाँस गरी आम जनतालाई जानकारी दिएर समिति गठन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको