
राजविराज । राजविराज स्थित मधेस कृषि विश्वविद्यालय का उपकुलपति र रजिस्ट्रारलाई हटाइएको छ।
विश्वविद्यालयको सिनेटको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। बैठकले विश्वविद्यालयका उपकुलपति डाक्टर बैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई हटाउने निर्णय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलाको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। अब यो विश्वविद्यालयले ३३ करोड बजेट चलाउन पाइने बैठकमा सहभागी एक ब्यक्तिले भने ।
तत्कालीन जसपा नेतृत्वको सरकारले मधेश कृषि विश्वविद्यालयका उपकुलपतिमा डाक्टर यादव र रजिस्टारमा ठाकुरलाई नियुक्त गरेको थियो। तर जनमत नेतृत्वको मधेस प्रदेश सरकारले कृषि विश्वविद्यालय बारे छानबिन समिति बनाएको थियो र समितिले महताे र ठाकुरको नियुक्ति नै अवैधानिक रहेको बताएको थियो ।
त्यसपछि सिनेटको बैठकले दुबैलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।
हुन त याे छानबिन भन्दा पनि कृषि विश्वविद्यालयकाे भवन शिलान्यासका क्रममा भएको विवाद र झडपपछि नै विवादित रहदै आएको थियो ।