काठमाडौं । अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
क्रिकेट अस्ट्रेलियाका तर्फबाट जारी बयानमा मंगलबार भारतविरुद्धको सेमिफाइनलमा सर्वाधिक रन बनाए पनि स्टिभ स्मिथले एक दिवसीयबाट सन्यास लिने घोषणा गरेको उल्लेख छ ।
खेल सकिएलगत्तै उनले सन्यासका बारेमा टिमसँग कुरा गरेको बयानमा बताइएको छ ।
अब उनी अस्ट्रेलियाका लागि टेस्ट र टी–२० फर्म्याटमा भने उपलब्ध हुनेछन् । सन् २०१० मा वेस्टइन्डिजविरुद्ध लेग स्पिन अलराउन्डरका रुपमा उनले डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको