
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
अर्थमन्त्री पौडेलले भने,‘सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ । म आग्रह गर्छु, यो कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं यसलाई।’
सरकारले अध्यादेश ल्याउनु कुनै स्वेच्छाकारी र निरंकुशतातर्फको यात्रा नभएको जिकिर गरे।
प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।