राजविराज । आफ्नै छात्रासँग यौन दुव्र्यबहार गरेको आरोपमा सप्तरीबाट एक शिक्षक पक्राउ परेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकाका शिक्षकलाई छात्रासँग यौन दुव्र्यबहारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती शिक्षक पालिकाकै एक माविमा अध्यापन गराउँदै आएका छन् ।
विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ बर्षीय शिक्षकले विद्याययमा अध्ययनरत १६बर्षीया छात्रामाथि ट्युसन पढाउने समयमा विद्यालयको कोठामा यौन दुव्र्यवहार गरेको जानकारी आएपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, कंचनपुरले जनाएको छ ।
मंगलबार बिहान ती छात्रा ट्युसन पढ्न गएकी थिइन् । ती शिक्षकले सोही क्रममा राम्रो अंक दिने लोभ देखाएर यौन दुव्र्यवहार गर्न थालेपछि उनी हल्ला गर्न थालेकी थिइन् । त्यस क्रममा हल्ला सुनेर स्थानीय आएर उनलाई जोगाएका थिए ।
पीडित छात्राको परिवारले बुधबार इलाका प्रहरी कर्यालय कंचनपुरमा शिक्षकविरुद्ध उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको