
राजविराज । नागरिकता किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–५ बस्ने २८ वर्षिय अभिषेक यादव र २० वर्षिय अरुण कुमार यादव रहेको छ ।
पक्राउ परेकालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । असार २०८० मा एक जनाको नागरिकता हराएको थियो । ती नागरिकतामा अभिषेकले अरूणको फोटो टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए । बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनासाथ दुबै जनालाई पक्राउ गरिएको हो ।