काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।
नेविसंघका कार्यकर्ताहरूले रेक्टर केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको हो ।
कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको छ । केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् ।
त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको विद्यार्थीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको