
महोत्तरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल नहुने बताएका छन् ।
महोत्तरीको मनरामा निर्मित मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले सो कुरा बताएका हुन् ।
उनले राजतन्त्र ल्याउँछु भनेर केही शक्तिहरू लागे पनि सफल नहुने बताए।
नेता निधिले भने, ‘अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याएका छौँ । संघीयता र गणतन्त्रको बारेमा धेरै आलोचना र चर्चा हुन्छ । अहिले असफल प्रयास भइरहेको छ । जनताले उखालेर फ्याल्दिएको राजतन्त्र अहिले ल्याउँछु भनेर सडकमा केही प्रदर्शन गरेर भ्रमित पार्ने कोसिस गरिरहेको छ । म ती शक्तिहरूलाई भन्न चाहन्छु- नेपालमा अब गणतन्त्रलाई कसैले उल्टाउन चाहे त्यो सफल हुँदैन।’
उनले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताए । नेता निधिले व्यवस्थाविरुद्ध कोही लागे आफैँ राष्ट्रिय आन्दोलन तयार हुने भन्दै त्यसको लागि कांग्रेस र मधेश पनि तयार रहेको बताए ।