
चितवन । पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भइ हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार, रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटेल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको हो ।
जंगली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।