
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै संम्भावना नरहेको बताउका छन् ।
कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै सो कुरा बताएका हुन्।
उनले राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए। हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे बोल्दै सभापति देउवाले हिजो काठमाडौंमा केही नभएको समेत बताए ।
कसैले उचालेर सरकार नउचालिने बताए । उनले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए।