
काठमाडौं । प्रहरीले काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमागोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशी रहेका छन्।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी सोमबार राति पक्राउ गरेको हो ।
उनको साथबाट एक थान पेस्तोल , दुई थान म्याग्जि , १० राउन्ड गोली , अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ ।