
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले वर्तमान सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले उक्त आरोप लगाएकी हुन् ।
उनले सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको बताइन् । सांसद गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको जिकिर गरिन् ।
सांसद गौतमले भनिन्,‘सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ।’
सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको उनले बताईन् । त्यस्तै, सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको बताइन् ।
सरकारले सबैको विचार अट्ने व्यवहार नगरे परिणाम जनताको पक्षमा पुग्ने बताउँदै नयाँ पुस्ताको चेतावनी भएको गौतमले बताइन् ।