राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ८ निवासी पूर्व प्रधानपञ्च लक्ष्मी साहको निधन भएको छ ।

साहको ७९ बर्षको उमेरमा आफ्नै घरमा आईतबार दिउँसो निधन भएको हो । ब्रेन ह्याम्रेज भएका उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । चिकित्सकले जवाफ दिएपछि उनलाई घर ल्याइएको थियो । घर ल्याएको २४ घन्टामै उनको निधन भएको हो ।
स्वर्गीय साह तत्कालिन काचन गाविसका तीन पटक प्रधानपञ्चमा निर्वाचित भएका थिए । राजतन्त्र , प्रजातन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्र देशमा आएपछि पनि उनी बोदे बर्साइन नगरपालिका वडा नम्बर ८ काचनको वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
13
3
0
6
23

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको