जनकपुरधाम । धनुषाको भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो ।
झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।
गोली लागेर एकजना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।
घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ ।
भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो ।
त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको