राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापटीमा मंगलबार बिहान आगलागीमा भएको छ ।
बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठसहित सरसामान जलेर नष्ट भएको छ, भने चौपायासमेत मरेका छन् ।
स्थानीय देव नारायण पण्डितको दुई वटा घर, रामेश्वर पण्डितको घर र गाई गोठ, भान्सा घर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको