
कैलाली । एसईई परीक्षामा अंग्रेजी विषयको प्रश्नपत्रसहित कैलालीबाट एक जना शिक्षक प्रकाउ परेका छन् ।
कैलाली प्रहरीले अंग्रेजी विषयको प्रश्नपत्रसहित सरस्वती मावि लम्की कौवापुरका शिक्षक दीपक धमलालाई पक्राउ गरेको हो ।
धमलालाई इलाका प्रहरी कार्यालय लम्कीले राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको थियो ।
धमलालाई अंग्रेजीको प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमलाले प्रश्नपत्र पठाएको पाइएको छ ।
प्रश्नपत्र बिहीबार बिहान साढे ९ बजेट पठाएको देखिएको छ ।