काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ।
नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो । ऐर कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन् ।
अध्यक्षमा ऐरले ७३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन् ।
यस्तै सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् । सदस्य पदमा उर्वसी पाण्डे, चेतना नहर्की, अस्मिता विश्वकर्मा, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, यानसु कटुवाल निर्वाचित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको