
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको अगुवाईमा राजावादीले शनिबार नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् । यो समूहले गत शनिबार पनि नारायणहिटी दरबारको मुख्य प्रवेशद्वारमा राष्ट्रिय झण्डासहित राजसंस्थाको पक्षमा प्रदर्शन गरेको थियो ।