काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । छात्रवृत्ति प्राप्त गरिसकेका लगभग २०० विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे ।

समारोहको उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा। देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा। अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा। अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा। बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा। ध्रुव कुमार गौतम, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा। शारदा थपलियाले उपस्थिति थिए । साथै,विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

राजदूत श्रीवास्तवले आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई आआफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नतामार्फत उपलब्ध हुने व्यापक अवसरहरूबारे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको