राजविराज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सप्तरीले पाँच जना सदस्यलाई कार्वाही गरेको छ ।

गत ५ चैतमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा नेवि संघको विपक्षमा मतदातासँग मत मागेको पाइएपछि उनीहरुलाई कार्वाही गरिएको नेवि संघ, सप्तरीले जनाएको छ ।

नेपाल विद्यार्थी संघ सप्तरीले शनिबार  एक बिज्ञप्ती जारी गर्दै नवीन कुमार यादव, रंजन कुमार यादव, गिरधारी कुमार साह, श्रवण कुमार यादव र रोशन देवलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको नेबि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको