बेइजिङ । चीनले यसै वर्षको सुरुवातमा मादक पदार्थसँग सम्बन्धित आरोपमा चारजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ।
क्यानाडाका अधिकारीहरूले यस समाचारको पुष्टि गरेका छन् । क्यानाडाका विदेश मन्त्री मेलानी जोलीले बुधवार पत्रकारसँग कुरा गर्दै सजाय दिइएका चारैजनासँग दुवै देशको नागरिकता थियो। उनीहरूका परिवारको आग्रहमा चारैजनाको परिचय खुलाइएको छैन।

विदेश मन्त्रीले उक्त कदमको विरोध गर्दै चीनको उक्त कदम मौलिक मानवीय गरिमाविपरीत भनेका छन् । यसका साथै उनले व्यक्तिगत रूपमा सजाय नदिन पनि अपिल गरिएको बताए । समाचारअनुसार क्यानाडास्थित चिनियाँ दूतावासका प्रवक्ताले चारैजनाविरुद्ध अपराधसम्बन्धी ‘ठोस र पर्याप्त’ प्रमाण थिए । उनले क्यानाडा गैरजिम्मेवारपूर्ण टिप्पणी नगर्न पनि चेतावनी दिएका छन् ।

चिनियाँ दूतावासले बेइजिङले सम्बन्धित क्यानाडाली नारिकका लागि कानुनी उपचारको सबै विकल्प दिइएको पनि बताएको छ। चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडा सरकारसँग ‘चीनको न्यायिक सम्प्रभुता’को सम्मान गर्न पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको