काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए ।

पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए ।

पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताउँदै आएका छन् ।

उर्जा व्यवस्थापनमा निपूर्ण मानिने घिसिङको पदावधि आगामी साउनमा सकिँदैथ्यो । तर सरकारले उनलाई अन्यायपूर्वक हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको