
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सर्वत्र विरोध भएको छ ।
सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका हुन् । उनले कुलमान घिसिङलाई हटाउने स्वामित्व कांग्रेसले लिन नसक्ने बताए ।
उनले लेखेका छन्– ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने रु विनाशकाले विपरीत बुद्धि ।’