चितवन । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शान्तिसुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् ।
उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको प्रहरी प्रमुखलाई बधाई, स्वागत एवं छलफल कार्यक्रममा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।
सुरक्षाको सवालमा प्रहरी एक्लैले सम्भव नरहेको भन्दै समुदायसँग हातेमालो गर्न आवश्यक रहेको आईजीपी थापाले बताए ।
देशको शान्तिसुरक्षाका विषयमा आफू सजग भएर काम गर्ने उनको भनाइ छ। प्रहरीको जनशक्ति जनताको तुलनामा कम भएकाले यसलाई बढाउन पहल गरिने उनले बताए।
चितवनको विभिन्न स्थानमा अस्थायी प्रहरीचौकीको आवश्यकता रहेको बताउँदै उनले यहाँका जनता र व्यवसायीको सुरक्षाका लागि आफू सधैँ सचेत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको