काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक माग गरेको छ ।
आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो ।
जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।







