काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्।
गभर्नर बन्ने पक्का भएपछि कार्यकारी निर्देशक भट्टले आज राजीनामा दिएका हुन् ।
अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको स्रोतले बतायो।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो।
सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ।
अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको