चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवन पुगेका छन् । तीन वटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली चितवन आइपुगेका हुन् ।
उनी प्रधानमन्त्री ओली चितवन पुग्दा हेलिकप्टरमार्फत विमानस्थलमा ओर्लिएका थिए । उनलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वागत गरिन् ।
मेयर रेनुले आफ्नो नगरमा आएका प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छाले स्वागत गरिन् । सोही बेला प्रधानमन्त्री ओलीले रेनुलाई ‘छोरी सन्चै छौँ ?’ भनेर सोधेको बताइएको छ ।
प्रधानमन्त्री ओलीसँग उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि टोलीमा छन् ।
ओलीले चितवनमा बिहान इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् भने त्यसपछि नारायणगढ बजारमा निर्माण गरिएको ६ लेनको सडक उद्घाटन गरेका छन् ।
त्यसपछि नेकपा एमालेको भरतपुर महानगरपालिका कमिटीको अधिवेशन कार्यक्रम उद्घाटन गरेर फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको