
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ ।
सोही आधारमा सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो ।
कोषाध्यक्ष यादवविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?